site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कानुन बनाउँदा अन्यत्रबाट सारिन्छ, अनि कार्यान्वयनमा जटिलता हुन्छ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरले बिरामी र अस्पताल दुवैलाई सम्बोधन गर्ने बताएका छन् । 

लक्षित वर्गलाई अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क उपचारका विषयमा आज निजी तथा सामुदायिक अस्पतालका प्रतिनिधिहरूसँगको छलफलमा बालेनले बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्नु आफूहरूको दायित्त्व भएको बताए ।

कानुन बनाउँदा स्थानीय आवश्यकता र समस्या नहेरी अन्यत्रबाट सारेर ल्याउने पद्धतिका कारण कानुन कार्यान्वयनमा जटिलता भएको उनको भनाइ छ । उनले आफ्नै अवस्था र आफ्नै समस्यालाई हेरेर कानुन बनाउनुपर्ने र बनाइएका कानुनलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्ने बताए ।

उनले लक्षित वर्गको निःशुल्क उपचारसम्बन्धी व्यवस्थाको कार्यान्वयन कसैलाई अप्ठेरो पार्न नगरिएको बताए  । कानुनले गर्नु भनेका काम गर्न गराउन मात्र खोजिएको उनको भनाइ छ ।

उनले महानगरपालिकाले तर्जुमा गर्न लागेको कार्यविधिमाथि विषयगत समूहमा छलफल गरेर सुझाव प्राप्त गर्न र प्राप्त भएको सुझावलाई समेटेर कार्यान्वयन योग्य प्रबन्ध राख्न आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro