site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाडाको आकर्षण : यस्ता छन् चार पाङ्ग्रे ईभी मूल्यसहित

काठमाडौं । काठमाडौंमा ‘नाडा अटो शो’ सुरु भएको छ ।  मंगलबारदेखि सुरु शो भदौ ३१ गतेसम्म चल्ने नेपालकै ठूलो अटो शो मा विभिन्न ब्रान्डका गाडीहरु प्रदर्शनी एवं बिक्रीमा राखिएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेको अटो शो मा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनदेखि स्पेयर पार्टस् र अन्य अटोमोबाइल सम्बन्धीका स्टल रहेका छन् ।

विभिन्न ब्रान्डले निकै कम मूल्यका विद्युतीय सवारी सार्वजनिक गरेका छन् भने कुनै ब्रान्डले निकै महँगा लक्जरी गाडी पनि सार्वजनिक गरेका छन् । विगत तीन वर्ष रोकिएको अटो शो लाई लिएर यस वर्ष व्यवसायीहरु निकै उत्साहित बनेका छन् भने नयाँ ईभीहरुलाई लिएर ग्राहकहरु पनि उत्तिकै आकर्षित देखिन्छन् ।

Dabur Nepal
NIC Asia

कुन ब्रान्डका कस्ता ईभी ?
 

१. टाटा

nexon-max-1694525308.jpg

टाटाले नाडा अटो शो का अवसरमा नेपालमा थप दुई नयाँ ईभी सार्वजनिक गरेको छ । टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी र पञ्च ईभी सार्वजनिक गरेको हो ।

टियागो– दुई भेरियन्टमा रहेको टियागोको सुरुवाती ४५ किलोवाट क्षमताको गाडीको मूल्य २१ लाख ९९ हजार रहेकोछ  । 

यस्तै टियागो टप भेरियन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा टाटाको यसअघि नै नेक्सन र टिगोर ईभी रहेको छ । यस्तै टाटाले नेक्सन ईभी म्याक्सको नयाँ मूल्य ४५ लाख ९९ हजार रूपैयाँ तोकेको छ ।

२– सेरेस

नाडा अटो सोमा एमएडब्ल्यू वृद्धि अटोकर्पले सेरेस ब्रान्डका दुई ईभी सार्वजनिक गरेको छ । 

कम्पनीले सेरेस–३ र सेरेस मिनी ईभी सार्वजनिक गरेको हो ।

सेरेस–३ यो मोडल अन्तर्गत दुईवटा भेरियन्ट रहेका छन् ।  सेरेस–३ कम्फर्टको मूल्य हाललाई ४७ लाख ९९ हजार रहेको छ ।  यस्तै सेरेस–३ प्रिमियको मूल्य भने ४९ लाख ९९ हजार रहेको छ ।

गाडीले एक पटक फुल चार्ज गर्दा २५० किलोमिटरदेखि ४०५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

मिनी ईभी– सेरेसको मिनी ईभी ११० किलोमिटरको बेस अप्सन, ११० किलोमिटरको फुल अप्सन र २२० किलोमिटरको फुल अप्सन गरी तीन भेरियन्टमा उपलब्ध छ । 

seres-mini-EV-1694525310.jpg

यी तीनै भेरियन्टको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सुरुवाती भेरियन्टले फुल चार्जमा ११० किलोमिटर रेन्ज दिन्छ भने टप भेरियन्टले २१० किलोमिटर रेन्ज दिन्छ ।

३– नेटा

सीजी मोटर्सले नेपालमा नेटा ब्रान्डका तीन नयाँ ईभी सार्वजनिक गरेको छ ।  तर, यी तीनवटै गाडीको मूल्य भने केही महिनापछि मात्रै सार्वजनिक गरिने भएको छ ।

netas-1694525308.jpg

नेटा जीटी, नेटा यू र नेटा एस गरी कम्पनीले तीन नयाँ गाडी नाडा अटो सोमा प्रदशर्नीमा राखेको छ । 

netagt-1694525307.jpg

सबैभन्दा बढी नेटाको एस मोडेलको रेन्ज ११०० किलोमिटर दाबी गरिएको छ । यसअघिदेखि नै नेटाको नेटा भी मोडल बजारमा उपलब्ध छ ।

 

४– बीवाईडी

byd-seal-1694525275.jpg

नाडा अटो शो मा बीवाईडीले हालै सार्वजनिक गरेको डल्फिन र मूल्य सार्वजनिक हुन बाँकी स्टिल भेरियन्ट प्रदर्शनीमा राखेको छ । डल्फिन– एकपटक फुल चार्ज गर्दा ३४० किलोमिटर रेन्ज दिने दाबी गरिएको बीवाईडीको डल्फिन मोडेलको गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ ।

byd-dolphin-1694525275.jpg

बीवाईडीको नयाँ स्टिल मोडेलको गाडीको मूल्य भने सार्वजनिक गरिएको छैन ।  बीवाईडीको अट्टो–३ र अल न्यू ई–६ ईभी पहिलेदेखि नै बजारमा रहेको छ ।

५. एमजी

एमजीले नेपाली बजारमा उपलब्ध गराउँदै ४ मोडेलका ईभी नाडा अटो शोमा राखेको छ । एमजी–४ यो ईभी कम्फर्ट र लक्जरी गरी दुई भेरियन्टमा छ ।  ३५० किलोमिटर रेन्ज दिने कम्फर्टको मूल्य ४१ लाख ४९ हजार रहेको छ भने, ४३५ किलोमिमटर रेन्ज दिने लक्जरीको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

MG4EV-1694525277.jpg

एमजी कमेट ईभी– यसअन्तर्गत पेस र प्ले गरी दुई भेरियन्ट रहेका छन् ।  २३० किलोमिटर रेन्ज दिनेमा पेसको मूल्य १७ लाख  ९९ हजार रुपैयाँ रहेको छ भने प्लेको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

एमजी जेडएस ईभी– सर्ट रेन्ज र लंग रेन्ज गरी दुई भेरियन्टमा रहेको एमजी जेडएस ईभीको सर्ट रेन्जमा कम्र्फट र डिलक्स गरी दुई सब–भेरियन्ट छ ।

३२० किलोमिटर रेन्ज रहेको सर्ट रेन्जको कम्फर्टको मूल्य ४९ लाख ४९ हजार छ भने डिलक्सको मूल्इ ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तै लंग रेन्ज अन्तर्गत ४४० किलोमिटर रेन्ज रहेको डिलक्सको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

६– सिट्रोन

nada-(2)-1694525278.jpg

नेपाली बजारमा पहिलेदेखि नै उपलब्ध सिट्रोन ईभी पनि नाडा अटो सोमा राखिएको छ । 

सिट्रोनको लाइभ र फिल गरी दुई भेरियन्ट रहेको छ ।

मूल्य भने क्रमशः ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

एक पटक फुल चार्ज गर्दा गाडीले ३२० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

७– किया

kiaev6-1694525267.JPG

कियाको ईभी–६ गाडी पनि नाडा अटो शोमा राखिएको छ । 

कियाको ईभी–६ को मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ रहेको छ । यो गाडीले ५२८ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

८– निसानको लिफ

leaf12-1694525842.JPG

पहिलेदेखि नै नेपाली बजारमा उपलब्ध निसानको लिफ ईभी पनि नाडा अटो सोमा राखिएको छ । 

३११ किलोमिटर भन्दा बढी रेन्ज दाबी गरिएको लिफको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

९– स्काईवेल

skywell-1694525928.jpg

स्काईवेलले पनि नेपाली बजारमा सार्वजनिक आफ्नो ईटी–५ ईभी नाडा अटो सोमा राखेको छ । 

६ सय किलोमिटर भन्दा बढी रेन्ज दाबी गरिएको यो गाडीको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

१०– ओरा

ora-1694526084.JPG

नेपालमा पहिलेदेखि नै जीएमडब्ल्यूको ओरा–०३ ईभी पनि नाडा अटो शोमा राखिएको छ । 

यसको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।  यो गाडी एकपटक चार्ज गर्दा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

११– वुलिङ

wulling-1694526084.JPG

नेपालमा वुलिङले दुईवटा मोडेलमा पहिलेदेखि नै उपलब्ध गराउँदै आएका ईभी सोमा राखेको छ । 

जस अन्तर्गत २०० किलोमिटर रेन्ज दिने गाडीको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ भने, ३०० किलोमिटर रेन्ज दिने गाडीको मूल्य २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

netas-1694525308.jpg

nexon-max-1694525308.jpg

nada-(48)-1694525307.jpg

netagt-1694525307.jpg

nada-(46)-1694525305.jpg

nada-(47)-1694525305.jpg

nada-(44)-1694525304.jpg

nada-(45)-1694525304.jpg

nada-(43)-1694525302.jpg

nada-(38)-1694525301.jpg

nada-(39)-1694525301.jpg

nada-(35)-1694525298.jpg

nada-(34)-1694525298.jpg

nada-(37)-1694525299.jpg

nada-(31)-1694525296.jpg

nada-(33)-1694525296.jpg

nada-(29)-1694525295.jpg

nada-(30)-1694525295.jpg

nada-(21)-1694525292.jpg

nada-(20)-1694525292.jpg

nada-(27)-1694525293.jpg

nada-(22)-1694525293.jpg

nada-(17)-1694525289.jpg

nada-(16)-1694525289.jpg

nada-(19)-1694525290.jpg

nada-(14)-1694525287.jpg

nada-(12)-1694525286.jpg

nada-(13)-1694525286.jpg

nada-(8)-1694525283.jpg

nada-(11)-1694525284.jpg

nada-(7)-1694525281.jpg

nada-(3)-1694525280.jpg

nada-(5)-1694525280.jpg

MG4EV-1694525277.jpg

maxus-1694525277.jpg

nada-(2)-1694525278.jpg

MGcommet-1694525278.jpg

byd-dolphin-1694525275.jpg

byd-seal-1694525275.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro