राजनीति
काठमाडौं । मधेस प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान निधन भएको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता एवं प्रदेशसभा सदस्य मनीष सुमनले जानकारी दिए ।
उनका अनुसार क्यान्सरपीडित सांसद यादव जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत थिइन् । उनी जसपाका तर्फबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ११:०९
प्रतिक्रिया दिनुहोस्