राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि आकस्मिक रूपमा बैठक बस्न लागेको हो ।
बैठक बिहान ११ बजे सुरु हुनेछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने एमालेले जनाएको छ । बैठकबाट शोक प्रस्ताव पारितलगायत निर्णय गरिनेछ ।
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिँदै छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ०९:१६
प्रतिक्रिया दिनुहोस्