site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरीले पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेललाई  पक्राउ गरेको छ ।

ललितपुरको गोदावारी नगरपालिका–४ बस्ने ४२ वर्षीय रम्तेललाई सोमबार ललितपुर महानगरपालिका–१४, कुमारीपाटीबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा कास्की प्रहरीको टोलीले रम्तेललाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक कुबेर कडायतले राससलाई जानकारी दिए ।

उनका अनुसार कोषाध्यक्ष रम्तेलविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएअनुसार पक्राउ गरिएको हो ।

सूर्यदर्शन सहकारीका सञ्चालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९७१ जना बचतकर्ताहरूले रकम हिनामिना गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro