site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विगत सम्झँदै माधव नेपालले भने– म महेन्द्र मोरङ पढेको हुँ, एमाले यतै बनाइएको हो

विराटनगर । नेपाल (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजमा निराश र आशा पैदा गर्नेहरू रहेको भन्दै आफू आशाको पक्षधर भएको बताएका छन् ।‌

समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभा कार्यक्रममा बोल्दै नेपालले उज्यालो र अँध्यारो दुई पाटो भएको भन्दै समाजका विकृति हटाउन पर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"हामी मिसन समाजवाद लिएर देश दौडाहामा निस्किएका हौँ, हामी जनतामा आशा जगाउन चाहन्छौँ," उनले भने, "विकृति विसंगति हटाउने प्रयास हुनुपर्छ, गरिनुपर्छ ।"

आफू विराटनगरको महेन्द्र मोरङ क्याम्पस पढेर स्नातक गरेको स्मरण गर्दै एमाले विराटनगरमै स्थापना भएको र त्यसको लागि धेरै मेहनत गरेको सुनाए ।

"मानिस कम हुने र रानी क्षेत्रमा मजदुरहरूसँग आन्दोलनबारे छलफल गर्ने गर्दथे," उनले भने, "मैले महेन्द्र मोरङ पढेर स्नातक गरेको हुँ । यो ठाउँबाट राजनीतिक यात्रा सुरु गरेको हुँ ।" 

विराटनगर आउँदा विद्यार्थी जीवनकै बेला जस्तो युवा महसुस भएको नेपालले बताए ।

नेपालले युवा विद्यार्थीलाई आशाको सन्देश दिनुपर्ने बताए । पाँच सन्देश सभा सम्पन्न हुँदा यसप्रति उत्साह बढेको आफूले पाएको नेपालले सुनाए । मिसन समाजवाद जारी रहने भन्दै उनले असमानता हटाउन लागिरहने स्पष्ट गरे ।‌

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्