site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्सविरुद्ध अग्रता जोगाउन नसक्दा आयरल्यान्ड पराजित

काठमाडौं । अग्रता जोगाउन नसक्दा आयरल्यान्ड युरो–२०२४ छनोटमा नेदरल्यान्ड्ससँग २–१ ले पराजित भएको छ ।

आइतबार आयरल्यान्डको घरेलु मैदान एविवा रंगशालामा भएको खेलमा घरेलु टिमले १–० को अंक जोगाउन नसक्दा समूह ‘बी’मा तीन अंक गुमाएको हो ।

Dabur Nepal
NIC Asia

खेलको चौथो मिनेटमा एडम इडाहले पेनाल्टीमार्फत गोल गर्दै आयरल्यान्डलाई अग्रतामा राखेका थिए । तर, घरेलु टिमको यो अग्रता लामो समयसम्म टिक्न सकेन ।

१९औँ मिनेटमा कोडी गक्पोले पेनाल्टी सदुपयोग गर्दै घरेलु टिमलाई खेलमा फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

५६औँ वाउट वेघहोस्र्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ को अग्रतामा राखेका थिए । वेघहोस्र्टको यही गोल निर्णायक बन्दा नेदरल्यान्ड्सले तीन अंक निश्चित गर्‍यो ।

जितसँगै चार खेलबाट नौ अंक जोडेको नेदरल्यान्ड्स समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । त्यो एक खेल धेरै खेल्दै शीर्ष स्थानमा रहेको फ्रान्सको भन्दा ६ अंक कम हो ।

यस्तै, पाँच खेलबाट तीन अंक जोडेको आयरल्यान्ड तालिकाको चौथो स्थानमा छ ।

आइतबार नै भएको यसै समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टरविरुद्ध ५–० को फराकिलो जित निकाल्यो । समूहमा पाँच खेलबाट नौ अंक जोडेको ग्रीस तेस्रो स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन जिब्राल्टर तालिकाको पुछारमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro