site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
८५ ग्राम पहेँलो धातुसहित एयरपोर्टबाट चारजना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । ८५ ग्राम पहेँलो धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट चारजना पक्राउ परेका छन् ।

भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुईथान र बेरुवा औँठी एकथानसहित शनिबार दिउँसो चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ का २१ वर्षीय अनिश गुरुङ र २१ वर्षीय रोशन विश्वकर्मा, काठमाडौं महानगरपालिका–८ का ३० वर्षीय शनि देउला र मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का ३८ वर्षीय कमल गुरुङ रहेका छन् ।

अनिश र रोशन हिमालयन एयरको उडानमार्फत दोहाबाट काठमाडौं आएका थिए । उनीहरूलाई उक्त परिमाणको धातु भन्सार छली गर्न लगाएर शनि र कमलले संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro