देश

काठमाडौं । नेपाल फार्मेसी काउन्सिलले लिएको २३औँ नाम दर्ता लाइसेन्स परीक्षामा २३.९८ प्रतिशत फार्मासिस्ट मात्रै उत्तीर्ण भएका छन् ।
शनिबार भएको बी फार्मको परीक्षामा सहभागी ८३४ जनामध्ये २०० जना विद्यार्थी उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार सञ्जिव पाण्डले जनाकारी दिए ।
यसअघि काउन्सिलले लिएको फार्मासिस्टको २२औँ लाइसेन्स परीक्षामा २२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए । सो परीक्षामा ६९० जना सहभागी परीक्षामा १५३ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १२:१०
प्रतिक्रिया दिनुहोस्