site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाका केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय संगठनको जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको अध्यक्षतामा बसेको बैठकबाट केन्द्रीय सदस्यलाई संगठन गठन, पुनर्गठनको जिम्मेवारी दिइएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यले गण्डकी प्रदेशस्तरीय संगठन वा समिति गठन वा पुनर्गठन गर्नुपर्नेछ । गण्डकी प्रदेश समिति पुनर्गठन गर्न केन्द्रीय सदस्य धनप्रसाद तामालाई तोकिएको छ ।

केन्द्रीय सदस्य सोम नेपालीलाई शिल्पी दलित विशेष समिति, केन्द्रीय सदस्य पानबहादुर घर्तीलाई समाजवादी आदिवासी जनजाति महासंघ, शर्मिला थापामगर र पासाङ थापामगरलाई समाजवादी महिला संघ गठन, पुनर्गठनको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सदस्य जुनु पुनमगरलाई सांस्कृतिक महासंघ, केन्द्रीय सदस्य अर्जुन लम्साललाई ट्रेड युनियन महासंघ, केन्द्रीय सदस्य ज्ञानु आचार्यलाई समाजवादी खस/आर्य संघ गठन पुनर्गठनका लागि तोकिएको र गण्डकी प्रदेशले केही केन्द्रीय सदस्यलाई यसअघि नै जिल्ला समिति पुनर्गठनको जिम्मेवारी तोकेको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए । रासस

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्