site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा भाँडा पसलभित्र जुवातास खेलिरहेका ६ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंमा भाँडा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । कोटेश्वरस्थित ओम रावतको मालिका इन्टरप्राइजेज भाँडा पसलभित्र जुवातास खेलिरहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

कोटेश्वरमै बस्दै आएका कैलालीको टीकापुर नगरपालिका–१ का २९ वर्षीय जीवन खड्कासहित ६ जनालाई शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई नगद २१ हजार ७०५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्