राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्त्व अझै क्रियाशील रहेको बताएका छन् ।
जातजात, वडावडा, पालिकापालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैलाउने काम गरिरहेको उनको भनाइ छ ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले नेपालीका चाडपर्वसँग मेल नखाने गतिविधि हुनु सुखद नभएको बताए । नेपालीको चाडपर्वको अर्थ सामाजिक सद्भाव कायम गर्नु रहेको उनले उल्लेख गरे ।
उनले सबै समुदायमा निकटता ल्याउने माध्यमका रूपमा चाडपर्व रहेको स्मरण गरे ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० १७:३१
प्रतिक्रिया दिनुहोस्