site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जी–२० सम्मेलन : मोदीको निमन्त्रणमा अफ्रिकन युनियन पनि सहभागी

काठमाडौं । भारतको नयाँ दिल्लीमा विश्वका प्रमुख २० अर्थतन्त्रहरुको समूह जी–२० को शिखर सम्मेलन आजबाट सुरु भएको छ । आज र भोलि चल्ने शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा अफ्रिकन युनियन पनि सामेल भएको छ ।

दक्षिण एसियामा पहिलो पटक आयोजना भइरहेको जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, क्यानडाका प्रधामन्त्री जस्टिन ट्रुडो, दक्षिण कोरियाका राष्ट्रपति योन सुक योललगायत सहभागी छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ भने सम्मेलनमा उपस्थित भएका छैनन् ।

राष्ट्रप्रमुख र उनका प्रतिनिधिको सहभागिता रहने सम्मेलनमा नेताहरूले जलवायु परिवर्तन, खाद्य सुरक्षा र गरिब देशहरूको ऋण पुनर्संरचनालगायत विषयमा छलफल गर्नेछन् ।

आउँदो वर्षको आम निर्वाचनअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई विश्व शक्तिको केन्द्रका रुपमा देखाउन सफल सम्मेलनले भूमिका खेल्ने अपेक्षा गरेका छन् ।

तर, युक्रेनको मुद्दामा असहमतिले नेताहरूलाई सम्मेलनको संयुक्त घोषणा पत्रमा सहमत हुन कठिन हुने ठानिएको छ । यसअघि इन्डोनेसियाको बालीमा भएको शिखर सम्मेलनमा पनि संयुक्त घोषणा पत्रमा सहमति हुन सकेको थिएन ।

प्रत्येक वर्ष फरक राष्ट्र अध्यक्ष हुने जी–२० शिखर सम्मेलन सोही राष्ट्रले आयोजना गर्दै आएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro