site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ह्विलचियरको भरमा हिँडडुल गर्ने हस्त गौतम, जसले अवैध बाटोबाट २०० युवालाई अमेरिका पुर्‍याए
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुकुम स्यालापाखाका ५२ वर्षीय हस्त गौतम सामान्य तरिकाले हिँडडुल गर्न सक्दैनन् । प्रायः कोट–पाइन्टमा चिटिक्क परेर देखिनुपर्ने हस्तलाई ह्विलचियरको सहारा चाहिन्छ ।

लामो समयदेखि उनी ह्विलचियरकै भरमा चलिरहेका छन्, नेपालमा होइन अमेरिकामा । उनलाई सुरुमा देख्नेहरू अचम्मित पर्छन्– यति राम्रो मान्छेलाई कसरी अपाङ्गता हुन पुग्यो होला ।

हेर्दा चिटिक्क देखिने हस्तको अर्को कला छ– त्यो हो, उनको बोलीबचन ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी अरूलाई ‘कन्भिन्स’ गर्न माहिर छन्, त्यही मिठो बोलीबचनले । बाहिरी पाटोमा जति ‘स्मार्ट’ देखिन्छन्, उनको भित्री पाटो उति कुरूप छ ।

उनको नाम खतरनाक मानव तस्करमा अंकित छ । प्रहरीले रोल्पा, रुकुम र दाङका युवाहरूलाई अवैध बाटो हुँदै अमेरिका पुर्‍याउने धन्दाका नाइकेमा अंकित गरेको छ । प्रहरीले मानव वेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई धन्दाका नाइके भएको अभियोगमा पक्राउ गरेको छ ।

Global Ime bank

ब्युरोको टोलीले हस्तलाई रूपन्देहीबाट पक्राउ गरेको जनाएको छ । ब्युरोका प्रमुख एसएसपी जीवन श्रेष्ठका अनुसार, उनीविरुद्ध प्रलोभन देखाउँदै अमेरिका पुर्‍याउने भन्दै भारत, दुबई, थाइल्यान्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङलगायतका देशमा सयौँ युवाहरूलाई बन्धक बनाएर ठूलो रकम असुल गरेको आरोपमा उजुरी परेको हो ।

सन् २००५ मा अमेरिका पुगेका हस्तले २००८ मा ग्रिनकार्ड र २०१५ मा अमेरिकी नागरिता लिएको खुलेको छ । उनी २००५ देखि नै मानव तस्करीमा लागेको एसएसपी श्रेष्ठको दाबी छ ।

उनी भन्छन्, ‘‘रोल्पा, रुकुम र दाङका युवाहरूलाई अमेरिकाको सपना देखाएर मानव तस्करी गर्ने समूहका गौतम नाइके हुन् ।’’

उनी आफू अमेरिका र मेक्सिकोमा रहेर नेपालमा एजेन्ट राखी धन्दा सञ्चालन गरेको एसएसपी श्रेष्ठले जानकारी दिए । हाल गौतमविरुद्ध पाँचजनाले ब्युरोमा उजुरी दिएका छन् ।

उनका नेपालका एजेन्ट पोखराका कमल तामाङसहित दुईजनासमेत पक्राउ परिसकेका छन् । उनीहरूले पाँचजनाबाट दुई करोड रुपैयाँ उठाएर विभिन्न देशमा बन्धक बनाएको खुलेको छ । उनीहरूबाहेक १३ जना नेपाली अझै जाम्बियामा उनको समूहले बन्धक बनाएर राखेको छ । प्रहरीले उनीहरूको उद्धार गर्ने प्रयास गरिरहेको छ । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा हस्तले २०० नेपालीलाई अवैध बाटो हुँदै अमेरिका पुर्‍याएको स्वीकार गरेका छन् ।

यसरी परे प्रहरीको फन्दामा

हस्त गौतमविरुद्ध सन् २००५ देखि नै प्रहरी कार्यालयहरूमा मानव तस्करी आरोपमा उजुरी परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई लामो समयदेखि खोजिरहेको थियो ।

तर, उनी अमेरिका पुगिसकेको खुलेपछि उनलाई पक्राउ गर्न प्रहरीको टाउको दुखाइको विषय बन्यो । अझ उनी अमेरिका नै बसेर मानव तस्करीको धन्दामा सक्रिय रहेको तथ्य खुलेपछि प्रहरीलाई पक्राउ गर्न थप चुनौती बनेको थियो ।

२००५ देखि नै उनी नेपाल आउन छाडेका थिए । उनी आफैँ पनि अवैध बाटो हुँदै अमेरिका छिरेका हुन् । त्यही कारण अवैध बाटोबारे उनलाई राम्रो जानकारी मिलेको हो ।

पछिल्लोपटक उनी अमेरिका हुँदै मेक्सिको र त्यहाँबाट दिल्ली आएका थिए । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धानको टोली उनको ट्राभल रेकर्डको अनुसन्धानमा थियो ।

केही दिनअघि उनी फेरि नेपालीलाई अमेरिका लिने उद्देश्यले भारतीय हुँदै स्थलमार्ग प्रयोग गरेर रुकुम पुग्न खोजे । त्रिभुवन विमानस्थल बाटो प्रयोग गर्दा प्रहरीले पक्राउ गर्ने भयले उनले भारत हुँदै स्थलमार्ग रोजेका थिए । भारत पुगेको सूचना पाएको ब्युरोको टोली उनको खोजीका लागि दिल्ली नै पुग्यो । 

तर, प्रहरी दिल्ली पुग्दा उनी भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेको सूचना प्रहरीले पायो । सोही सूचनाका आधारमा प्रहरीले उनलाइ बेलहिया नाकाबाट पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले हस्त गौतमसहित पक्राउ परेको समूहमाथि संगठित मानव तस्करी मुद्दामा अनुसन्धान थालेको छ । पक्राउ परेकामाथि सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु भएको ब्युरोका एसएसपी श्रेष्ठले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement