देश
काठमाडौं । वाग्मती सरकारले भदौ २२ (आज) प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा दिइएको हो ।
भदौ १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० ०७:०३
प्रतिक्रिया दिनुहोस्