site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धार्मिक र सामाजिक सहिष्णुता खल्बल्याउन खोज्ने तत्वको सूक्ष्म अध्ययन गर्न रक्षामन्त्रीको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले धार्मिक र सामाजिक सहिष्णुता खल्बल्याउन खोज्ने तत्वहरूको सूक्ष्म अध्ययन गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

बिहीबारबाट सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको दुई दिने पृतनापति समन्वयात्मक बैठक–२०८० को उद्घाटन समारोहमा बोल्दै उनले उक्त निर्देशन दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“सदियौँदेखि हामीबीच कायम रहिरहेको धार्मिक एवं सामाजिक सहिष्णुता खल्बल्याउन उद्यत अवाञ्छित तत्वहरूको सूक्ष्म अध्ययन गर्ने आवश्यकताबारे पनि तपाईंहरूको ध्यानाकर्षण गराउन चाहन्छु,” उपप्रधान तथा रक्षामन्त्री खड्काले भने ।

विभिन्न विषयहरूलाई राष्ट्रिय मुद्दाको रूपमा उठाई राष्ट्रियता तथा राष्ट्रिय एकता खल्बल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पुरा गर्न क्रियाशील तत्वहरूलाई राष्ट्रिय सुरक्षाको प्रमुख चुनौतीको रूपमा लिई सेनाले आवश्यक कार्य गर्ने विश्वास उनले व्यक्त गरे ।

Global Ime bank

उपप्रधान तथा रक्षामन्त्री खड्काले नेपाली सेनाले स्थापना कालदेखि वर्तमानसम्म सरकारबाट प्राप्त नीति निर्देशनलाई सर्वोपरी राखी कुशलतापूर्वक जिम्मेवारी सम्पादन गर्दै आएको उल्लेख गरे ।

समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले सदैव वैधानिक सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताए ।

जलवायु परिवर्तन, वन्यजन्तु तथा पर्यावरण सुरक्षा, प्राकृतिक प्रकोप, महामारी लगायत आर्थिक, सामाजिक, कुटनीतिक, वातावरणीय, खाद्य, उर्जा, साइबर सुरक्षा एवं अन्य मानव श्रृजित अपरम्परागत सुरक्षा चुनौती सम्बोधन गर्न सक्नेगरी नेपाली सेना हरहमेशा तयारी अवस्थामा रहनुपर्ने उनले जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement