site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गौरीफन्टा नाका पुनः सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन
डा. आरजु राणा । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको विषादी परीक्षण गरिँदै आएको गौरीफन्टा नाका पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकपछि उपसचिव शिवदत्त बरालले समितिले केराखेतीको उत्पादन तथा सम्वर्द्धन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी गराए ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिले बाँदर, बँदेल र नील गाईजस्ता जंगली जनावरले कृषिबालीमा क्षति पुर्‍याउने र किसानलाई पर्न गएको मर्काको क्षतिपूर्ति उपलब्ध गराउने कार्य प्रभावकारी रूपमा गर्न र समस्या समाधान गर्न आवश्यक पहल गर्ने सम्बन्धमा वन, तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै, कोदो खेतीको उत्पादन तथा प्रवर्द्धन गर्ने सन्दर्भमा के कस्ता कार्यक्रम रहेका छन्, सो सम्बन्धमा कृषि मन्त्रालयसँग विवरण माग गर्ने निर्णय गरिएको छ ।

Global Ime bank

समितिले हालसम्म गरेका निर्देशन र निर्णयहरू कार्यान्वयनको अवस्थाको प्रगति विवरण सात दिनभित्रमा माग गर्ने, नेपालको पहाडी तथा तराईका क्षेत्रमा उत्पादन हुने गाँजाखेती बहुउपयोगी रहेकाले उत्पादन, प्रशोधन र बिक्री–वितरण गर्ने कार्यलाई वैधानिक बनाउने सम्बन्धमा सम्बन्धित निकायसँग थप छलफल गर्ने निर्णय गरिएको छ ।

भूमि आयोगबाट सम्पादन हुने कार्यका सम्बन्धमा राष्ट्रिय भूमि आयोगका अध्यक्षलगायत पदाधिकारी र भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने निर्णय पनि गरिएको छ ।

कार्बन व्यापार र जलवायु परिवर्तनको नीतिगत कानुन र संस्थागत तथा कार्यगत व्यवस्थाका सम्बन्धमा रहेका विषय सम्बन्धित निकायसँग लिखित रूपमा माग गर्ने निर्णय गरिएको बरालले जानकारी दिए ।

बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न समिति सभापति डा. आरजु राणाको नेतृत्वमा अनिशा नेपाली, अम्मरबहादुर थापा, विनिता कठायत, सूर्यकुमारी श्रेष्ठ, रूपा सोसी चौधरी र उपसचिव शिवदत्त बराल बंगलादेश जाने निर्णय पनि गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement