site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनको नयाँ नक्सा र प्रधानमन्त्रीको भ्रमणबारे संसदीय समितिमा कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरुले चीनले जारी गरेको नयाँ नक्साबारे कुटनीतिक नोट पठाउन माग गरेका छन् । समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नक्सा छिमेकी र विश्व मञ्चमा प्रस्तुत गर्न के ले रोकेको छ ? भन्दै प्रश्न गरे ।

“नक्साको विषय संवेदनशील छ । हाम्रो नक्सा र भूगोलको अखण्डताको शपथ खाएका छौँ, सदनबाट पारित भएपछि अन्य छलफल भएनभन्दा अखण्डता कता गयो, हाम्रो नक्सा छिमेकी र मञ्चमा गएर प्रस्तुत गर्न केले रोकेको छ ? परराष्ट्र फेलिएर भएको हो ?,” उनले सोधे, “अब भएन । कहिलेसम्म हुन्छ भनेर माग्नुपर्छ । स्पष्ट टाइमलाइनसहित फलोअप गर्नुपर्छ ।”

उनले चीनको राजदूतको कुरा संवेदनशील रहेको बताउँदै तुरून्तै नोट पठाउन आग्रह समेत गरे ।

माओवादीका उपमहासचिव समेत रहेका सांसद वर्षमान पुनले प्रधानमन्त्रीको अब हुने भ्रमणमा सैन्य गठबन्धनमा संलग्न हुने गरी हस्ताक्षर गर्न नहुने बताए । विकास साझेदारीमा भने सहमति गर्नुपर्ने उनको भनाइ छ ।

“कोही पनि सैन्य गठबन्धनमा संलग्न हुने गरी साइन गर्ने हुनुहुँदैन । तर, विकास साझेदारीमा भने सहमति गर्न हिच्किचाउनु हुँदैन,” उनले भने ।

नेकपा (एमाले)का सांसद भीम आचार्यले चीनको नयाँ नक्सामा चुच्चे नक्सा किन परेन भन्दै प्रस्ट्याउन माग गरे ।  “चीनले प्रकाशित गरेको नक्सामा के कारणले नेपालको नक्सा परेन ? के कारण भन्छन्, थाहा भएन भन्छन् कि ? त्यो प्रस्ट पार्नुपर्छ । हाम्रो कमजोरी हो कि ?,” उनले भने ।

उनले भारत र चीनको सम्बन्धका कारण यस्तो भएको हो कि ? भन्ने प्रश्न पनि गरे । उनले प्रधानमन्त्रीको भ्रमण अघि नै शान्ति प्रकृयाको कानुन टुंगाएर जान पाए उपयुक्त हुने बताए । स्वतन्त्र सांसद प्रभु शाहले प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा संसदीय सहभागिता जरूरी रहेको बताए । नाका ठप्प भएकाले चाडो खुल्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

नेमकिपाका सांसद प्रेम सुवालले नक्साको विषयमा पत्र नगएको भए सरकारले आजको आजै पठाउनुपर्ने बताए । उनले यूएन भ्रमणबाट नेपाल फर्किएर मात्रै चीन भ्रमण जान प्रधानमन्त्रीलाई सुझाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro