site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ ।

गत साउन ३२ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि त्यसदिन न्यायाधीश राजुकमार खतिवडाको इजलासले पीडित गौशाला २६ (छ) की आमाको उमेर एकीन गर्ने आदेश गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । त्यसदिन न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो । पेसी सरेपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

आज पनि कार्कीको इजलासमा पहिलो मुद्दा सजाय निर्धारणको छ भने त्यसपछि हेर्दाहेर्दैमा रहेको चोरीसम्बन्धी मुद्दा रहेको छ । त्यसपछि सन्दीपको मुद्दा अघि जालसाजी, लेनदेन र लागुऔषधको मुद्दा पनि कार्कीकै इजलासमा परेको छ ।

Global Ime bank

हेर्दाहेर्दैमा रहेको मुद्दा प्राथमिकतामा रहने र सन्दीपको भन्दा अघि अन्य मुद्दा पनि रहेको हुँदा सन्दीपविरुद्धको मुद्दामा आज पनि पालो नआउन सक्ने अवस्था रहेको जिल्ला अदालत काठमाडौं प्रशासनको बुझाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement