site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने को हुन् ?
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव ।

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको कार्यक्रममा बोलेर निस्कने क्रममा गाडी नचढ्दै यादवमाथि खुकुरी प्रहार भएको रिपोर्टर्स क्लबका सचिव ईश्वर कार्कीले जानकारी दिए ।

“क्लबमा बोलिसकेर बाहिरिनुभएका कांग्रेस सहमहामन्त्री यादवलाई गाडी नचड्दै क्लब अगाडि बाटोमा खुकुरी प्रहार भएछ,” कार्कीले भने, “उहाँमाथि सांघातिक हमला भएको हो । तर, खुकुरी भुत्ते परेछ र टाउकोमा चोट लागेको छ ।”

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परिसकेका छन् ।

पक्राउ परेका व्यक्ति श्यामबहादुर सापकोटा रहेको र उनी नुवाकोटस्थित विदुर नगरपालिका–७ का रहेको खुलेको प्रहरीले जनाएको छ । सापकोटाले आफूलाई सामाजिक अभियान्ता बताउने गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro