site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तिशाली बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तिशाली बनाउन सरकारसँग माग गरेका छन् ।

सबै निकायमाथि अनुसन्धानको कामलाई अघि बढाउन तथा मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न पनि अख्तियारजस्ता नियमक निकायलाई अझै सशक्त र प्रभावकारी बनाउनुपर्ने उनको तर्क थियो ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धी ऐन बनाउन पनि राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल पहल गर्नुपर्ने आवश्यकता औँल्याए । उपमहासचिव गुरुङले संविधानको मर्म र भावनाअनुसार सीमासम्बन्धी कानुन निर्माण गर्न सरकारले ढिलाइ गर्न नहुने बताए ।

“कि त अख्तियार अर्को शक्तिशाली चाहियो, कि त अख्तियार अझ शक्तिशाली बनाउनु प¥यो । त्यो बनाउने कुरामा पनि हाम्रो भूमिका हुन्छ,” उनले भने, “यो मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने कुरामा यो संस्थालाई बलियो बनाउन आवश्यक छ ।”

उपमहासचिव गुरुङले सबै दलको एकतावद्ध प्रयासबाट मात्रै मुलुकको राज्य व्यवस्थालाई बलियो बनाउन सकिने पनि स्मरण गराए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro