site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थपियो ५०० वटा ‘ब्यागेज ट्रली’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ ५०० वटा नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याइएको विमास्थलका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

विमानस्थलमा यसअघि ६०० वटा ब्यागेज ट्रली थियो । उक्त ट्रलीलाई रिप्लेस गरेर नयाँ ट्रली सञ्चालनमा ल्याइएको तिवारीले जानकारी दिए ।

विमानस्थलमा पहिले तीनपाङ्ग्रे ब्यागेज ट्रली थियो । अहिले सञ्चालनमा ल्याएको ब्यागेज ट्रली चारपाङ्ग्रे भएको तिवारीले जानकारी दिए ।

तीनपाङ्ग्रे ब्यागेज ट्रली हुँदा ब्यालेन्स नमिल्ने तथा आरोलोमा समेत अप्ठारो पर्ने गरेको यात्रुको गुनासो थियो । नयाँ ब्यागेज ट्रलीले उक्त समस्याको समाधान गर्ने प्रमुख तिवारीले जानकारी दिए ।

“पहिला ६०० वटा ब्यागेज ट्रली थियो । त्यो सबैलाई रिप्लेस गरेर नयाँ ५०० वटा ट्रली ल्याएका छौँ । यसले विगतमा यात्रुले ट्रलीबारेमा गरेको गुनासो सम्बोधन हुन्छ भन्ने विश्वास लिएका छौँ,” उनले बाह्रखरीसँग भने, “पहिला थ्री ह्विलरको थियो, अहिले फोर ह्विलर ब्यागेज ट्रली ल्याएका छौँ । यो ब्यालेन्स हुन्छ र ओरालोमा सामान लैजान पनि सहज हुन्छ ।”

यसअघि सञ्चालनमा रहेका ६०० वटा ब्यागेज ट्रली मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन मिल्नेलाई सञ्चालनमा ल्याइने तिवारीले जानकारी दिए । इन्टिग्रेटेड म्यानेजमेन्ट सिस्टम (आईएमएस)सँग पुरानो ट्रलीलाई रिप्लेस गर्न आग्रह गरेको तिवारीले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro