site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘इन्डिया’ हटाएर ‘भारत’ नाम राख्न संसद्‌मा प्रस्ताव लैजाने तयारी

काठमाडौं । भारत सरकारले देशको नाम आधिकारिक रूपमा वा संविधानमै ‘इन्डिया’ हटाएर ‘भारत’ राख्ने तयारी गरिरहेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले संसद्को विशेष बैठकमा यस्तो प्रस्ताव लैजाने तयारी गरिरहेको हो ।

भारतीय संसद्को विशेष सत्र सेप्टेम्बर १८ देखि २२ सम्म चल्दै छ ।

भारतीय कांग्रेसका नेता जयराम रमेशले जी–२० सम्मेलनको डिनरका लागि राष्ट्रपतिबाट पठाइएको निमन्त्रणामा ‘इन्डियाका राष्ट्रपति–प्रेसिडेन्ट अफ भारत’को ठाउँमा ‘भारतीय राष्ट्रपति– प्रसिडेन्ट अफ भारत’ लेखिएको बताएका छन् ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मालगायत सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का धेरै नेताहरूले देशको नाम ‘भारत’ राख्ने विषयमा समर्थन जनाएका छन् ।

कांग्रेस पार्टीका नेताहरूले यो निर्णयको विरोध गरेपछि भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले ‘हाम्रो देश भारत’ भएको भन्दै कांग्रेसलाई हरेक कुरा अपाच्य हुने गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वोयमसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवतले समेत गुवाहाटीमा आफ्नो सम्बोधनका क्रममा भारत नाम प्राचीनकालदेखि चलिआएको र यसलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।

भाजपाका राज्यसभा सदस्य नरेश बन्सलले पनि हालै सम्पन्न माथिल्लो सदनको मनसुन सत्रमा ‘इन्डिया’ नाम ‘औपनिवेशिक दासत्व’को प्रतीक भएको भन्दै यसलाई ‘संविधानबाट हटाउनु पर्ने’ प्रस्ताव राखेका थिए । उनले संविधानको धारा १ मा वर्षौंदेखि रहिआएको भारत नाम बेलायतीहरुले परिवर्तन गरेको बताएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro