site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी संकलन 
Dabur Nepal
NIC Asia

ताप्लेजुङ । पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो । नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आर्थिक वर्षमा भने दुई करोड १४ लाख भेटी संकलन भएको थियो । उनले समितिको कोषमा सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको बताए । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए ।  

भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन, फोहाेर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धारलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले संकलित  रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्यांकी बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro