site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्घाखाँचीमा चट्याङ लागेर एकजनाको मृत्यु, चार गम्भीर घाइते
प्रतीकारात्मक तस्बिर ।

अर्घाखाँची । अर्घाखाँचीको गोखुंगामा आज परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् ।

मालारानी गाउँपालिका–९, गोखुंगा सेपानेमा दिउँसो अन्दाजी २ः५० बजे परेको चट्याङले स्थानीय २० वर्षका मीलन खनालको मृत्यु भएको हो ।

उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन चारजनालाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको  स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro