site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जगदम्बाद्वारा नेपालमै पहिलोपटक प्राइम बिलेट उत्पादन 

काठमाडौं । जगदम्बा  ईन्टरप्राइजेज प्रा.लि.ले अत्याधुनिक एलआरएफ प्रविधिमार्फत् नेपालमै पहिलोपटक प्राइम बिलेट उत्पादनमा ल्याएको छ ।  भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक जगदम्बा ईन्टरप्राइजेज प्रा.लि.ले उत्पादनमा ल्याएको हो ।

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एफई ५००डी गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ । एफई ५००डी डण्डी भूकम्प प्रतिरोधात्मक हुन्छ । यस्तो डण्डी केवल प्राइम बिलेटबाट मात्र बन्दछ । जगदम्बा ईन्टरप्राइजेज प्रालिले जगशक्ति गोल्ड ब्रान्डमा एफई ५००डी डण्डीको उत्पादन एवं बिक्री वितरण गर्दै आएको छ । 

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बा ईन्टरप्राईजेज प्रा.लिले जि.आई.पाईप, व्ल्याक पाइप, त्यूबुलार र पोल, हाईमाष्ट पोल, फेव्रिकेशन तथा अन्य बिभिन्न किसिमका फलामजन्य वस्तुहरुको उत्पादन गर्दै आएको छ । 

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण प्राप्त यो उद्योग नेपाल बिद्युत प्राधिकरणको सबैभन्दा ठुलो ग्राहक र नेपालको अग्रणी फलामजन्य उद्योगको रुपमा परिचित छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro