site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध एक रनमा क्याच हुनबाट बचेका आसिफको अर्धशतक

काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् । 

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालका ओपनर आसिफले ८८ बलमा सात चौकासहित ५० रन पूरा गरेका हुन् । आसिफ दोस्रो ओभरको पहिलो बलमा क्याच आउट हुनबाट बचेका थिए ।

त्यसपछि दोस्रो ओभरको पहिलो बलमा मोहम्मद सिराजले गरेको बलमा आसिफ शेखको क्याच विराट कोहलीले छोडेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १०औँ अर्धशतक हो । 

जारी खेलको २२ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १०२ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई व्यक्तिगत ३८ र भीम सार्कीलाई सात रनमा, कप्तान रोहितकुमार पौडेललाई पाँच र कुशल मल्ललाई दुई रनमा गुमाएको थियो । हाल क्रिजमा आसिफसँगै क्रिजमा रहेको गुल्सन झा सात रनमा खेलिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro