खेल
काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्धको खेलका लागि नेपाली टिमको प्लेइङ–११ सार्वजनिक भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पाकिस्तानविरुद्ध खेलेको टिममा एक परिवर्तन गर्दै प्लेइङ–११ सार्वजनिक गरेका हुन् । नेपालले आरिफ शेखलाई बेन्चमा राख्दै भीम सार्कीलाई मौका दिएको छ ।
श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा केहीबेरपछि सुरु हुने खेलका लागि भएको टस हारेपछि भारतविरुद्ध नेपालले ब्याटिङको निम्तो पाएको छ ।
नेपाली टिम :
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, भीम सार्की, कुशल भुर्तेल, गुल्सन झा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, सोमपाल कामी
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १४:५७
प्रतिक्रिया दिनुहोस्