site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेडविरुद्ध आर्सनलको रोमाञ्चक जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै आर्सनलले आइतबार म्यानचेस्टर युनाइटेडविरुद्ध ३–१ को जित निकालेको छ ।

इमिरेट्स रंगशालामा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रतामा राखेका थिए । २७औँ मिनेटमा रासफोर्डले गरेको गोल लामो समय टिक्न भने सकेन । त्यसको अर्को मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए ।

Dabur Nepal
NIC Asia

यसपछि इन्ज्युरी समयमा आर्सनलले दुई गोल गर्दै युनाइटेडविरुद्ध सनसनीपूर्ण जित निकालेको हो । इन्ज्युरी समयमा आर्सनलका डेक्लान राइसले गोल गर्दै घरेलु टिमलाई २–१ को अग्रतामा राखेका थिए । ग्याब्रियल जिससले अन्तिम मिनेटमा गोल गरेपछि आर्सनलले ३–१ को जितसहित तीन अंक निश्चित गरेको थियो ।

जितसँगै चार खेलबाट १० अंक जोडेको आर्सनल तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । आर्सनल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा दुई अंकले पछाडि छ । समान खेलबाट ६ अंक जोडेको युनाइटेड ११औँ स्थानमा छ । जारी सिजन प्रिमियर लिगमा युनाइटेडको यो दोस्रो हार हो ।

आइतबारै भएको अर्को खेलमा लिभरपुलले एस्टोन भिल्लाविरुद्ध ३–० को जित निकालेको छ । लिभरपुलको जितमा डोमिनिक स्लोबोस्जलाई र मोहम्मद सालाहले गोल गर्दा अर्को एक गोल एस्टोन भिल्लाका मेटी केसबाट आत्मघाती भएको थियो ।

जितसँगै चार खेलबाट १० अंक जोडेको लिभरपुल तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको एस्टोन भिल्ला १०औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro