site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल र भारतबीचको खेलमा वर्षाको सम्भावना कति ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । तर, क्यान्डीमा वर्षाका कारण नेपाल र भारतबीचको खेल प्रभावित बन्न सक्ने सम्भावना उच्च छ ।

Dabur Nepal
NIC Asia

एक्यूवेदर डटकमका अनुसार आज दिनभर क्यान्डीको आकाश शतप्रतिशत नै बादलले ढाक्नेछ । दिउँसो ८९ प्रतिशत वर्षाको सम्भावना छ । जसमा ३.५ घण्टा पानी पर्ने अनुमान छ ।

यस्तै, साँझमा ६८ प्रतिशत वर्षाको सम्भावना छ । साँझमा करिब २.५ घण्टा पानी पर्ने अनुमान छ । यसैकारण यी दुई टिमबीचको खेल वर्षाका कारण रद्द हुन सक्ने सम्भावना उच्च छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक भारतसँग खेल्न लागेको हो । प्रतियोगिताको समूह ‘ए’मा रहेका नेपाल र भारत दुवैको यो दोस्रो र ‘सुपर फोर’का लागि निर्णायक खेल हो । दुवै टिमलाई सुपर फोरमा प्रवेशका लागि जितको आवश्यकता छ । समूहमा दुवै टिम सुपर फोरका लागि खुला छन् । यसैकारण नेपाली टिम भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै सुपर फोरमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग उसकै भूमिमा २३८ रनले पराजित भएको थियो । पाकिस्तानसँग पनि नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट थियो । पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३.४ ओभरमा १०४ रनमै समेटिएको थियो ।

भारत भने समूह चरणको पहिलो खेलमा वर्षाले प्रभावित बन्यो । क्यान्डीमै शनिबार भारतले पाकिस्तानविरुद्ध २६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, पहिलो इनिङपछि लगातार वर्षा भयो । दोस्रो इनिङ सम्भव हुन सकेन । यसैकारण दुवै टिमले एक/एक अंक पाए । त्यही एक अंकका कारण पाकिस्तानले सुपर फोरको यात्रा निश्चित गर्दा भारतलाई भने नेपालविरुद्ध जित्नैपर्ने समीकरण बनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro