site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मध्यआकाशमा इजिप्टको विमानमा हालियो इन्धन

कायरो । भारतीय वायुसेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ ।

ब्राइट स्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो ।

Argakhachi Cement Island Ad

“इजिप्टको आकाशमा भारत–इजिप्टमैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,” भारतीय वायुसेनाले आफ्ना केही सैन्य अधिकारी अबका तीन साता इजिप्टमा रहने सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले वासुसेनाका १५० कर्मचारी ब्राइट स्टार–२३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ ।

ब्राइट स्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब, ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएका रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस/एएनआई

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्