site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिटीको जितमा हाल्यान्डको ह्याट्रिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नर्वेजियन फरवार्ड एर्लिङ हाल्यान्डको ह्यट्रिकप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार फुलहमविरुद्ध ५–१ को फराकिलो जित निकालेको छ ।

इत्तिहाद रंगशालामा फुलहमलाई आतिथ्यता प्रदान गरेको सिटीको जितमा हाल्यान्डले ह्याट्रिक गर्दा युलियन आल्भारेज र नाथन एकेले एक–एक गोल गरे । फुलहमका टिम रिएनले गोल फर्काएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

३१औँ मिनेटमा आल्भारेजले गोल गर्दै सिटीलाई अग्रतामा राखेका थिए । तर, त्यसको दुई मिनेटपछि नै रिएनले गोल फर्काएपछि फुलहम बराबरीमा फर्किएको थियो । पहिलो हाफको इन्जुरी समयमा एकेले गोल गर्दै पुनः सिटीलाई अग्रतामा राखेका थिए ।

पहिलो हाफमा खेल प्रतिस्पर्धात्मक बने पनि दोस्रो हाफमा भने सिटी हावी बन्यो । ५८औँ मिनेटमा हाल्यान्डले गरेको गोलबाट सिटीले अग्रतालाई ३–१ मा पूर्याएका थिए । ७०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई हाल्यान्डले नै सदुपयोग गरेपछि सिटीको अग्रता ४–१ मा पुगेको थियो ।

Global Ime bank

यस्तै, इन्जुरी समयमा हाल्यान्डले ह्याट्रिक गरेपछि सिटीले ५–१ को सहज जितसहित तीन अंक निश्चित गरेको हो ।

गत सिजन सिटीमा अनुबन्धित भएयता प्रिमियर लिगमा हाल्यान्डको यो छैटौँ ह्याट्रिक हो ।

लिगमा शतप्रतिशत नतिजा निकालेको सिटी चार खेलबाट १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक जोडेको फुलहम तालिकाको १३औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement