site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मानसिक समस्या भएकालाई आत्महत्याबाट जोगाउँदै ११६६ हेल्पलाइन
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही महिनाअघि ललितपुरको पाटन मानसिक अस्पतालमा सञ्चालित ११६६ हेल्पलाइनमा आएको कलमा एक महिला बोलिन्, “म आत्महत्या गर्न चाहन्छु ।”

हेल्पलाइन सेन्टरबाट परामर्शदाताले महिलाको अवस्थाबारे बुझ्न खोजे, कल काठमाडौं भित्रकै थियो  ।

आफ्नो वैवाहिक सम्बन्ध राम्रो नभएको, त्यही तनावले आफूले मदिरा पिउने गरेको सधैँजसो श्रीमान्‌सँग झगडा हुने गरेको र आफूलाई पटक–पटक आत्महत्या गर्न मन लागेको कुरा ती महिलाले बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

परामर्शदाताले श्रीमान्‌सँग सम्पर्क गरे तर श्रीमान्‌ले घटनाको जिम्मेवारी लिन चाहेनन् । बरु आफ्नो सम्बन्धविच्छेद हुन लागेको भन्दै समस्या महिलाकै बुबातर्फ पन्छाइदिए ।

परामर्शदाताले तत्काल सो क्षेत्रको नजिकै रहेको प्रहरीमा खबर गरे प्रहरीले महिलाको उद्दार गरी उपचारमा लग्यो ।

Global Ime bank

त्यसको केही दिनमै फेरि उनै महिलाको कल ११६६ मा आयो । उनी भन्दै थिइन् “मैले आत्महत्याको विकल्प देखिँन, प्लिज मलाइ बचाउनुस् ।”

यताबाट परामर्शदाता बोल्दैगर्दा उनले आफ्नो हात काटिसकेकी रहिछन्, घटना निकै गम्भीर बन्यो, तत्काल प्रहरीको उद्दारमा उनलाई मानसिक अस्पताल पुर्‍याइयो ।

अहिले चिकित्सककै परामर्शमा ती महिलाको स्वास्थ्य अवस्था सुधार भइरहेको टीपीओ नेपालका परामर्शदाता बताउँछन् ।

११६६ आत्महत्याका रोकथामका लागि सरकारले सञ्चालन गरेको निःशुल्क हेल्पलाइन हो जहाँ दैनिक सयौँ कल यस्तै घटनासँग जोडिएर आउँछन् ।

सन् २०२१ देखि सक्रियरूपमा सञ्चालन भएको सो हेल्पलाइनमा हालसम्म १३ हजार ६१ कल आएको तथ्यांक छ । जसमा अधिकांश मानसिक समस्या र आत्महत्याको सोचलाई लिएर सहायताका लागि आउने गर्छन् ।

यो अवधिमा दुई हजार आठ वटा कल मानसिक समस्या भोगिरहेका र परामर्शका लागि आएका छन् । एक हजार १३१ वटा कल भने आत्महत्याको सोच बनाएका, पटक पटक आत्महत्या प्रयास गरेका र यसबाट जोगिन चाहनेहरूले गरेको टीपीओ नेपाली उपाध्यक्ष पार्वती श्रेष्ठ बताउँछिन् ।

तर, कतिपय मानसिक समस्या भएका व्यक्तिले कल गरेपनि नबोल्ने तथा आफ्ना समस्याहरू सेयर गर्न नसक्ने अवस्थामा पनि हुने गरेको उनको अनुभव छ । ११६६ मा रेकर्ड भएका यस्ता कलको संख्या दुई हजार ७५० छ ।

११६६ मा मनोचिकित्सक तथा मनोपरामर्शदाताहरूबाट नै मानसिक समस्या भएका व्यक्तिहरूलाई परामर्श दिइन्छ । यसरी कुरा गर्ने व्यक्तिको कल डिटेलदेखि व्यक्तिगत विवरणहरू सबै गोप्य राखिन्छ ।

आफूलाई मानसिक समस्या भएको कसैले थाहा पाए असमान व्यवहार हुने, लाञ्छना लाग्ने भयले कतिपयले अझै आफ्ना समस्या सेयर गर्न नसकेको र आत्महत्याको चरणमा पुग्ने गरेको श्रेष्ठको अनुभव छ ।

आत्महत्या कुनै लाञ्छना वा सामान्यीकरण गर्ने विषय नभइ गम्भीर अवस्था भएकाले यस्तो सोच आएमा खुलेर परामर्शदाताको सहयोग लिन सुझाव दिन्छन् पाटन मानसिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. बासुदेव कार्की ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय