site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कवि ऐरको ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा...’ लोकार्पित

काठमाडौं । कवि हिकमत सिंह ऐरको कविताकृति ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा ः कवितामय फन्को देशको !’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, साहित्यकार शंकरप्रसाद कोइरालालगायत व्यक्तिले कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मन्त्री साउदले कवि ऐरका कवितामा सिंगो मुलुक भेटिने बताए । उनले भने, “कवि ऐरका कविता प्राकृतिक अवस्थामा रहेको छ । यसमा प्रयुुक्त भावमा धेरै रङरोगन गरिएको छैन ।”

Dabur Nepal
NIC Asia

साहित्यकार कोइरालाले ऐरले पर्यटनलाई साहित्यसँग जोडेको उल्लेख गरे । कृतिभित्रका कविता सिंगो नेपालको उज्यालो प्रतिविम्ब भएको उनको भनाइ थियो ।

पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार चेतनाथ कणेल ‘हरित’ले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कृति सन्देशमूलक रहेको बताए । अर्का समीक्षक यज्ञराज उपाध्यायले मुलुकको सौन्दर्य कविका कवितामा झल्किएको बताए ।

आफूले गरेको सातै प्रदेशको भ्रमणबाट कविताकृति जन्मिएको ऐरले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro