site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियामा गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह
Tiktok banner adTiktok banner ad

काठमाडौं । अस्ट्रेलियाका अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट सतर्क रहन चेतावनी जारी गरिएको छ । जंगलमा डढेलो लाग्न सक्ने र गर्मी अत्याधिक बढ्न सक्ने भन्दै सबैलाई सतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो ।

गएको बिहीबार जारी गरिएको पूर्वानुमानमा सन् २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने जनाइएको छ । तापक्रम पनि उच्च हुने उल्लेख छ ।

गर्मीका कारण जंगलमा डढेलोको सम्भावना उच्च रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्र वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पर्ने जनाइएको छ ।

अहिले अस्ट्रेलियामा १९९६ पछिकै सबैभन्दा गर्मी छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro