site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले तोक्यो १५ विभाग प्रमुख (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न १५ विभागका प्रमुख तोकेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय विभागहरूको प्रमुख मनोनयन गरेका हुन् । 

कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभागको जिम्मेवारी पाएका छन् । पुष्पा भुसालले महिला विभाग, चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार विभाग, किरण यादवले तराई-मधेस समन्वय विभाग, योगेन्द्र चौधरीले थारू विभागको जिम्मेवारी पाएका छन् ।

गेहेन्द्र गिरीले ज्येष्ठ नागरिक समन्वय विभाग, आङ्गेलु शेर्पाले पर्यटन विभाग, डा. रणबहादुर रावलले गैरसरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिनले आदिवासी जनजाति विभाग पाएका छन् । 

यसैगरी प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग, रंगमती शाहीले पिछडिएको क्षेत्र विभाग, गुरु बरालले आपूर्ति तथा उपभोक्ता विभाग, नानु बास्तोलाले जिल्ला सम्पर्क समिति समन्वय विभाग, मदनकृष्ण श्रेष्ठले अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग र सीता थपलिया (उर्मिला)ले उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको जिम्मेवारी पाएकी छन् । 

371794866_301824495867857_5095469316873049350_n-1693584183.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro