site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विद्युत् विधेयक छिट्टै संसद्‌मा पेस हुन्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक छिट्टै संसद्‌मा पेस गर्ने बताएका छन् ।

मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसद्‌मा पेस हुने बताएका हुन् ।

ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसद्‌मा पेस गर्न लागेको मन्त्री बस्नेतको भनाइ थियो ।

उनले सो विधेयक चालु संसद् अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । त्यसका लागि सांसदहरूसँग औपचारिक/अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए ।

उनले भने, "पार्लियामेण्टमा हामी दर्ता गर्दैछौँ । क्याविनेटले पार्लियामेण्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत् विधेयक संसद्‌मा पेस गर्छौं । यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ । त्यसअनुसार हामी पार्लियामेण्टका मेम्बरहरूसँग पनि औपचारिक, अनौपचारिक छलफल गरिरहेका छौँ ।" 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro