देश

काठमाडौं । भक्तपुर नगरपालिका–१०, कमलविनायक भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ परेका छन् ।
दाङको बबई गाउँपालिका–२ बस्ने २४ वर्षीय पूर्णबहादुर खासुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनको साथबाट एक थान मार्तल, एक थान फलामको रड र एक थान ह्याक्सो प्रहरीले बरामद गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १९:१४
प्रतिक्रिया दिनुहोस्