site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'अमेरिकाले व्याख्यात्मक घोषणा मान्नुपर्छ, एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन'
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसीको १२ बुँदे घोषणालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले देशको संविधानभन्दा माथि कुनै कानुन हुन नसक्ने बताए ।

एमसीसी सम्झौता गर्दा नै त्यही विषयलाई विचार गरिएको बताउँदै अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणालाई सकारात्मक रुपमा लिनुपर्ने बताए । एसमीसीलाई कुनै सैनिक सुुरक्षासँग जोड्न नहुने उनको भनाइ छ ।

“व्याख्यात्मक घोषणा गरिएको थियो । अमेरिकाले यसलाई सकारात्मक रुपमा लिनुपर्छ । आज बिहान एमसीसीको पुरानो डकुमेन्ट हेरेँ । अमेरिकी दूतावासले जारी गरेको प्रतिक्रिया सुनेँ,” नेपालले भने, “एमसीसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन सक्दैन । सैन्य अंग बन्न सक्दैन ।”

उनले कुनै पनि विषयमा अनुचित सम्झौता स्वीकार्य नहुुने पनि बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro