site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरी उपरीक्षक स्व. थपलियाको स्मृतिमा अवार्ड घोषणा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी सशस्त्र प्रहरी बल दिवसदेखि प्रदान गर्ने गरी सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा शुक्रबार पर्सास्थित नं. १३ गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले अवार्ड प्रदान गर्ने बताए ।

पेसागत रुपमा दक्ष, उच्च अनुशासनलगायतका पक्षलाई मूल्यांकन गर्दै प्रत्येक वर्ष एकजना अधिकृतलाई सो पुरस्कार प्रदान गरिने छ । स्व. थपलियाको १२औँ दिनको स्मृति कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको असामयिक निधनबाट एक कुशल र क्षमतावान अधिकृत गुमाउनु पर्दा संगठनलाई अपुरणीय क्षति पुगेको बताए ।

यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँगको भेटघाटमा वीरगञ्ज उद्योग वाणिज्य संघले स्व. थपलियाको स्मृतिमा दुई लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने घोषणा समेत गरेको छ । नं. १३ गण पर्साको गणपति रहेका थपलियाको यही भदौ २ गते शनिबार असामयिक निधन भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro