site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापा र मोरङमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, आठ घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापा र मोरङमा भएका पछिल्ला सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । आठजना घाइते छन् ।

बुधबार बेलुका करिब ७ बजे झापाको शिवसताक्षी नगरपालिका–१० कनकाई पुलस्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को३१प ९५२९ नम्बरको मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकल अन्यत्रित भएर पुनः विपरीत दिशाबाट आउँदै गरेको मे३प ५४६३ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

दुर्घटनामा ५४६३ नम्बरका मोटरसाइकल चालक झापाकै भद्रपुर नगरपालिका–९ का ४० वर्षीय रुद्रप्रसाद न्यौपाने र त्यसमा पछाडि सवार बाह्रदर्शी गाउँपालिका–५ की १८ वर्षीया जेसिका सिक्देल गम्भीर घाइते भएका थिए । उपचारका लागि दुवैजनालाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको थियो । घाइते जेसिकाको उपचारका क्रममा मृत्यु भएको हो । रुद्रप्रसादको उपचार भइरहेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अर्को ९५२९ नम्बरको मोटरसाइकलका चालक दमक नगरपालिका–१ का ४० वर्षीय सुरेश राई र त्यसमा पछाडि सवार इलामको चुलाचुली नगरपालिका–४ की २९ वर्षीया निश्चल चेमजोङ समेत घाइते भएका छन् । बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

सोही दुर्घटनामा साइकल चालक झापाकै अर्जुनधारा नगरपालिका–५ का ६३ वर्षीय गंगा तामाङ सामान्य घाइते भएका थिए । दुर्घटनामा परेका मोटरसाइकलहरू प्रहरीको नियन्त्रणमा छन् ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते
झापामै दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । गए राति करिब पौने १ बजे बिर्तामोड नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा मे५प ५५६८ र प्र १–०१–०१३ प ५१४० नम्बरका मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा ५५६८ नम्बरका मोटरसाइकल चालक कनकाई नगरपालिका–५ का २६ वर्षीय सागर घिमिरे गम्भीर घाइते भएका थिए । उपचारका लागि बीएन्डसी अस्पतालमा पुर्‍याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्को ५१४० नम्बरका मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का २९ वर्षीय सरोज बस्नेत र पछाडि सवार २८ वर्षीय सकिन न्यौपाने घाइते छन् । सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

ती दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन् ।

दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते
मोरङमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

केराबारी गाउँपालिका–१० स्थित भित्री सडकमा को२४प ६२७५ र प्र १–०२–०४८ प ३२३२ नम्बरका मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा ३२३२ नम्बरका मोटरसाइकल चालक सोही स्थानका ४० वर्षीय भीम देवान गम्भीर घाइते भएका थिए । विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्को ६२७५ नम्बरका मोटरसाइकल चालक केराबारी–२ का २५ वर्षीय साजन शाही घाइते छन् । विराटनगरस्थित गोल्डेन अस्पतालमा उनको उपचार भइरहेको छ ।

सोही दुर्घटनामा पैदलयात्री स्थानीय २५ वर्षीया केरुना रसाइलीलाई समेत घाइते भएकी छन् । स्थानीय मेडिकलमा उनको उपचार भइरहेको छ । ती दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro