site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल पाकिस्तानसँग हारेपछि रविले भने– यात्रा लामो छ, टिमप्रति विश्वास छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आफूलाई नेपाली क्रिकेट टिमप्रति विश्वास रहेको बताएका छन् । 

बुधबार राति नेपाली पाकिस्तानसँग पराजित भएपछि रविले फेसबुकमा लेखेका छन्, "प्रतिस्पर्धामा अनुभवको ठूलो महत्त्व हुन्छ । नम्बर १ टिमसँग नम्बर १५ टिमले पहिलोपटक खेलेको हो । यो अनुभव कुनै दिन इतिहास लेख्न काम लाग्ने छ । यात्रा लामो छ र मलाई हाम्रो टिमप्रति विश्वास छ ।"

नेपालले एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो हार बेहोरेको छ । मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro