काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले २१ र २२औँ ओभरमा तीन विकेट गुमाएको छ ।
नेपालले छैटौँ विकेटको रूपमा दीपेन्द्रसिंह ऐरीलाई, सातौँ विकेटको रूपमा गुल्सन झालाई र आठौँ विकेटको रूपमा सन्दीप लामिछानेलाई गुमाएको छ ।
पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्यसहित ब्याटिङका लागि आएको नेपालले दीपेन्द्रलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको हो । दीपेन्द्र २०.५ ओभरमा मोहम्मद नवाजको बलमा बोल्ड भए । यस्तै, गुल्सन २१.३ ओभरमा सदाब खानको बलिङमा फकर जमानबाट क्याच भए । सन्दीप २१.५ ओभरमा सदाब खानबाट बोल्ड भए ।
जारी खेलको २१.३ ओभर समाप्त हुँदा नेपालले आठ विकेट गुमाएर ९१ रन बनाएको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रनको योगफल खडा गरेको थियो ।