site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्तो छ सिरहामा बसेको एमाले बैठकले पारित गरेको प्रस्ताव 

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले आठवटा समसामयिक प्रस्ताव पारित गरेको छ । सिरहामा बसेको बैठकले समसामयिक प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

प्रस्तावमा चौथो महाधिवेशन भएको ३४ वर्ष बितेको उल्लेख गर्दै राष्ट्रियतालाई सुदृढ गर्ने अभियान जारी नै रहेको बताइएको छ । बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारी र तत्कालीन सन्दर्भसमेतलाई सम्मानका साथ स्मरण गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसको भावनालाई आत्मसात गर्ने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ । 

“चौथो महाधिवेशन सम्पन्न भएको आज ३४ वर्ष व्यतित भएको छ । मुलुकको राजनीतिमा पनि ठूला परिवर्तनहरू भएका छन् । मुलुक त्यतिबेला विद्यमान पञ्चायती तानाशाही र राजतन्त्रलाई समाप्त पार्दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । जनताका प्रतिनिधिले बनाएको संविधानबाट सञ्चालित छ । जनताका अधिकारहरू संविधानमा संरक्षित छन् । त्यतिबेलाको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी आज देशकै मुख्य राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न बाँकी नै छ । राष्ट्रियतालाई सुदृढ गर्ने हाम्रो अभियान जारी नै छ,” गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro