site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जातीय, धार्मिक तथा साँस्कृतिक विद्वेष फैलाउनेविरुद्ध उभिन माधव नेपालको आह्वान 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हालै धरानमा भएको घटनाले समस्त मुलुकबासीलाई चिन्तित तुल्याएको बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जातीय, भाषिक, धार्मिक तथा साँस्कृतिक विद्वेष फैलाउने कुनै प्रकारका गतिविधिबाट प्रभावित नहुन आग्रह गरेका छन् । बरु त्यसका विरुद्ध उभिन, संयमित हुन र राष्ट्रिय एकतामा योगदान गर्न उनको आह्वान छ । 

“...जुनसुकै जाति, भाषा धर्म र संस्कृतिको अनुयायी भए पनि हामी सर्वप्रथम नेपाली हौं भन्ने गर्ववोध गर्दै सबै क्षेत्रमा उच्च स्तरको सहिष्णुता र सहकार्यको राष्ट्रिय एकतालाई समृद्ध गर्न आम जनसमुदायलाई हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा उल्लेख छ । 

उनले मुलुकमा विभाजित गर्ने कुनै पनि प्रयत्नलाई विगतमा नेपालीहरूले परास्त गर्र्दै आएको बताउँदै त्यसरी नै अहिले देखा परेका प्रवृतिलाई पनि  धरानवासी जनसमुदायताले धैर्यता र संयमका साथ सामना गर्र्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

samajabadi-1693386635.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro