site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देव गुरुङ भन्छन्– व्याख्यात्मक घोषणा सम्झौताको अंग नबने एमसीसी कार्यान्वयन हुँदैन
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले १२ बुँदे व्याख्यात्मक घोषणालाई अंग नबनाएसम्म अमेरिकी मिलिनियम च्यालेन कपोरेसन (एमसीसी) कार्यान्वयन नहुने बताएका छन् ।

आजदेखि एमसीसी औपचारिक रुपमा कार्यान्वयनमा आउँदै छ ।

उनले सामाजिक सञ्जालमार्फत नेपालको सार्वभौम अधिकार सम्पन्न संसद्ले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको समेत बताएका छन् । माओवादी व्याख्यात्मक घोषणा अंग नबन्दासम्म एमसीसी कार्यान्वयन गर्न नहुने पक्षमा रहेको बताएका छन् ।

“आजसम्म अमेरिकी एमसीसी कम्पनीले औपचारिक रुपमा, लिखित रुपमा १२ बुँदे स्वीकारेको देखिएको छैन । एमसीए नेपालले पनि १२ बुँदे सर्तबारे कुनै उल्लेख नगरी निरपेक्ष रुपमा एमसीसी परियोजना कार्यन्वयनको कुरा उठाइरहेको छ,” उनले लेखेका छन्, “ने.क.पा.(माओवादी केन्द्र)को प्रष्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसीसी सम्झौताको लिखित अंग नबनाउदासम्म एमसीसी कार्यान्वयन हुन सक्दैन । हेक्का रहोस कि, नेपालको सार्वभौम अधिकार सम्पन्न संसद्ले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कोही–कसैलाई छैन ।”

एमसीसी व्याख्यात्मक घोषणा गरी २०७८ फागुन १५ गते संसद्बाट पारित भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro