site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्विडेनको कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा एक प्रतिशतले संकुचन 

काठमाडौं । स्विडेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा एक प्रतिशतले संकुचन आएको छ । 

मंगलबार जारी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा जीडीपीमा एक प्रतिशतले संकुचन आएको हो । त्यस्तै लगातार चौथो त्रैमासिकमा पनि घरायसी खपत घटेको बताइएको छ । 

Dabur Nepal
NIC Asia

पहिलो त्रैमासिकमा ०.८ प्रतिशतले जीडीपी घटेको थियो । स्वीडेनको दोस्रो त्रैमासिकको जीडीपी वार्षिकरूपमा २.४ प्रतिशत र त्रैमासिकमा १.५ प्रतिशतले संकुचित भएको छ । 

त्यस्तै, निर्यात ०.८ प्रतिशतले घटेको छ । पहिलो त्रैमासिकको तुलनामा आयात ०.१ प्रतिशतले बढेको एससीबीले जनाएको छ । घरायसी खपत पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले घटेको छ । 

स्विडिस नागरिकको आयमा गत वर्षको सोही अवधिको तुलनामा ०.३ प्रतिशतले कमी आएको छ । पहिलो त्रैमासिकमा गत वर्षको तुलनामा केन्द्र सरकारको खपतमा ०.८ प्रतिशतको वृद्धि भएको छ । 

फेब्रुअरीमा जारी युरोपियन आयोगको आर्थिक पूर्वानुमानमा स्विडेनको अर्थव्यवस्थालाई युरोपमै सबैभन्दा खराब अर्थव्यवस्थाको रूपमा सूचीकृत भएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro