site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामनाको ओइरो, राम्रो नतिजा निकाल्ने विश्वास

काठमाडौं । एसिया कप २०२३ खेल्न पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिनेको ओइरो लागेको छ । 

बुधबार नेपाल र पाकिस्तानको खेल सुरु हुनुअघि नेपाली राष्ट्रिय टिमलाई काठमाडौंका मेयरदेखि राष्ट्रपतिसम्मले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कप २०२३ को यात्रा आरम्भ गर्दै पाकिस्तानसँग पहिलो खेलमा सहभागी हुन लागेकोमा सफलताको शुभकामना दिएका हुन् । 

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै जितका लागि शुभकामना व्यक्त गरेका थिए ।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन् । उनले खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएकोसमेत जनाए ।

भर्चुअल बैठकमा नेपाली टिमका कप्तान रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमलाई जितको लागि शुभकामना दिएका छन् ।

“र, प्रतिक्षाको घडी समाप्त भएको छ । नेपाली टिमले  आज पहिलो पटक एसिया कप खेल्दै छ । यसका लागि हामी सबै  नेपालीले लामो समयदेखि सपना देखेका थियौं । विश्वको नम्बर वान क्रिकेट टिम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना,” ओलीले भनेका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले उत्कृष्ट खेल प्रदर्शनका लागि नेपाली टिमलाई शुभकामना दिएका छन् ।

“नेपाली राष्ट्रिय क्रिकेट टिम आज पाकिस्तानी टिमसँगको खेलसँगै एसिया कप २०२३ को यात्रा प्रारम्भ गर्दै छ । एसिया कपमा पहिलो पटक सहभागिता जनाइरहेको नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई तथा उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामना,” परराष्ट्रमन्त्री साउदले भनेका छन् । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली टिम विश्व क्रिकेटका महारथीहरूविरुद्ध मैदानमा उत्रेको हेर्न उत्साहित रहेको बताएका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाकिस्तानको खेलसँगै एसिया कप २०२३ को यात्रा प्रारम्भ गर्नेछ । आजको खेल हाम्रा लागि यो संस्करणको मात्र नभएर लामो समयदेखि हामीले सपना देखेको ‘एसिया कप’ को यात्राकै पहिलो खेल हो । म हाम्रो टिम विश्व क्रिकेटका महारथीहरूविरुद्ध मैदानमा उत्रेको हेर्न उत्साहित छु ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजको महत्वपूर्ण खेलका लागि नेपाली टोलीलाई शुभकामना व्यक्त गरेका छन् ।

“आजदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट शृंखलाको उद्घाटन खेलमा नेपालले ओडीआईको वरीयतामा एक नम्बरमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पु¥याउन योगदान गर्नुहुने सम्पूर्ण खेलाडी, प्रशिक्षक र सरोकारवालाहरूप्रति कृतज्ञता र आजको महत्त्वपूर्ण खेलका लागि नेपाली टोलीलाई हार्दिक शुभकामना,’ लामिछानेले भनेका छन् । 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाली राष्ट्रिय टिमले नेपाली सबैलाई गर्व गर्ने ठाउमा पु¥याएको  बताएका छन् ।

“टिभीमा सोएब अख्तर, शाहीद अप्रिदी, बाबर आजम, शाहीन अप्रिदीहरूको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरूको देश र वरीयतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सधै रोमाञ्चकता दिन्थ्यो,” काठमाडौं महानगरका प्रमुख शाहले फेसबुकमा लेखेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राईले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro