site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानका कप्तान बाबर भन्छन्– नेपाललाई सहज प्रतिद्वन्द्वीको रूपमा लिएका छैनौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सहजरूपमा नलिएको बताएका छन् । एसिया कपको उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आजमले क्रिकेटमा कुनै पनि टिम कमजोर नहुने बताए ।

उनले भोलिको खेलमा नेपालविरुद्ध पनि निश्चित रणनीति बनाएको बताए । “क्रिकेटमा कुनै पनि टिमलाई सहजरूपमा लिन सकिँदैन । एक क्रिकेटरको रूपमा कसैलाई पनि सहजरूपमा लिनुहुँदैन भन्ने मैले सिकेको छु । विपक्षी जस्तो भए पनि त्यसका लागि पूरा योजना बनाउन पर्छ, जसरी अन्य टिमविरुद्ध बनाइन्छ । हामीले योजना बनाएका छौँ । उनीहरू (नेपाल) को कुन क्षेत्र बलियो र कुन क्षेत्र कमजोर भन्नेबारे अध्ययन गरेका छौँ र त्यसअनुसारको रणनीति बनाएका छौँ । पहिलो खेल हो र हाम्रो लागि महत्त्वपूर्ण पनि छ । त्यसकारण हामी राम्रो सुरुआत गर्न चाहन्छौँ,” बाबरले भने ।

बाबरले सन् २०१३ मा भएको एसीसी इमर्जिङ कपमा नेपालविरुद्ध खेलेको सम्झँदै नेपाली टिममा राम्रो खेलाडीहरू रहेको बताए ।

“मलाई ठ्याक्कै मिति थाहा छैन । तर पछिल्लोपटक मैले नेपालविरुद्ध पाकिस्तानको यू–२३ टिमबाट खेलेको थिएँ । त्यसकारण अहिलेको टिममा धेरै जसो खेलाडी त्यसबेलाकै थिए भन्ने लागेको छ । उनीहरूसँग राम्रा खेलाडीहरू छन् । त्यसकारण हामी कहिल्यै उनीहरू (नेपाल) लाई सहजरूपमा लिँदैनौँ । हामी उनीहरूविरुद्ध बेस्ट क्रिकेट खेल्न चाहन्छौँ,” बाबरले थपे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro