site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अबको राजनीति युवाको पक्षमा ल्याउनुपर्छ : शशांक कोइराला
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताए । आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै उनले राजनीतिमा युवाको आवश्यकता औँल्याए ।

उनले आफू मनसुन सकिएसँगै १५औँ महाधिवेशनको तयारी स्वरुप सातवटै प्रदेशमा घुम्ने पनि बताए । सभापतिको उमेदवार बन्नेबारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले साथीहरुसँग कुरा गरेर मात्रै निर्णय गर्ने बताए ।

“भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ । हामी त बुढो भइसक्यौँ, कहिले ढल्छौँ थाहा छैन,” उनले भने, “म सबभन्दा पहिले साथीहरुसँग कुरा गर्छु । उनीहरुको चाहना के हो ? मैले मात्रै चाहेर त भएन नि । उनीहरुको चाहना हेर्छु । अनि त्यसपछि निर्णय गर्छु ।”

उनले गठबन्धनको सरकार भएका कारणले चाहेजस्तो काम गर्न नसकेको बताए । भने, “गठबन्धनको सरकारमा हामीले गिभ एन्ड टेक गर्नुपर्छ । आफ्नै गोरुको बाह्रै टक्का हुँदैन । चाहँदा चाहँदै पनि हामी सुधार ल्याउन सक्ने सम्भावना म देख्दिनँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro